गौतमबुद्ध क्रिकेट रङ्गशालाका लागि ५ करोड बजेट

June 15, 2022 7:58 pm

चितवन, असार १ । बागमती प्रदेश सरकारले चितवनका विभिन्न योजनामा बजेट विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेकाहुन् ।

भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ । माडीमा कभर्डहल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।