रत्ननगर आयुर्वेदिक औषधि उत्पादन केन्द्रलाई ३ करोड ९४ लाख बजेट

June 15, 2022 7:40 pm

चितवन : बागमती प्रदेश सरकारले चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र संचालन गर्न रु.३ करोड ९४ लाख बजेटको व्यवस्था गरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आज प्रदेश सभामा आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो ।

यसैगरी मकवानपुर, ललितपुर र चितवन स्थित जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्न गर्न भौतिक पूर्वाधार विकास निर्माणका लागि रु. १२ करोड बजेट विनियोजन गरिएको छ ।