पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अबरुद्ध

June 15, 2022 4:29 pm

चितवन, १ असार । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोलामा पहिरो खसेको हो ।

आज बुधबार पहिरो ३ः४५ बजे खसेको हो । पहिरो पन्छाउन केहि समय लाग्ने प्रहरीले जनाएको छ । यस्तै सोहि गाउँपालिका वडा नम्बर ४ को घोप्टेभिरमा पहिरो पन्छाएर सवारि आवागमन सुरु गरिएको छ । कुरिन्टारमा खसेको पहिरो पन्छाउने कार्य जारी रहेको कार्यालयले जनाएको छ ।

(सांकेतिक फाईल तस्वीर)