रत्ननगरकी मीरा नेपालीले पाइन पक्की घर

June 14, 2022 6:07 pm

रत्ननगर । रत्ननगर १३ बुढीकुलो स्थित सुकुमबासी बस्तीकी मीरा नेपालीले पक्की घर पाएकी छन् । आर्थिक अभावका कारण २० बर्ष देखि झुपडीमा बस्दै आएकी मीरा र उनको परिवारले पक्की घर पाएका हुन ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मीराको श्रीमानको मृत्यु भएपछि उनको परिवार संकटमा थियो । ओत लाग्ने घरको अभावका कारण कष्टकर जीवन विताउदै आएकी मीराको घर निर्माणको लागि युवा नेता सुजन नेपालले पहल सुरु गरेका थिए । सुजन नेपालले मीरा र उनको परिवारको दुख देखेर तत्कालै घर बनाउने योजनाका साथ सामाजिक अभियान्ताहरुलाई आग्रह गरेका थिए ।

रोजगारीको लागि जापानमा रहेका दीपकबाबु नेपाल,सामाजिक अभियान्ता तथा पत्रकार रवि रोषी,केपीकिरण शर्मालाई आग्रह गरी मीराको घर निर्माण गर्न आर्थिक संकलन अभियान सुरु गरिएको थियो । मीराको घर बनाउन दीपकबाबुले जापानमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गर्न आग्रह गरे । केपिकिरण शर्माले घर निर्माण तथा तीन बालिकाको शिक्षाको लागि पहल सुरु गरे ।

पत्रकार रवि रोषी घर निर्माणको संयोजक बने । आर्थिक संकलन गरेरै तीन महिनामा मीराको घर तयार भयो । चार लाखको लगानीमा शौचालय सहितको दुई कोठे घर निर्माण गरियो । मंगलवार एक औपचारिक कार्यक्रमको आयोजना गरी रत्ननगरका मेयर प्रल्हाद सापकोटाले मीरालाई घर हस्तान्तरण गरेका छन् । शर्माको पहलमा वालावालिकाको लालनपालनको लागि एसओएस वालग्राम भरतपुरले तीन वालिकाको लागि मासिक रु ३ हजार ६०० उपलब्ध गराउने छ । उनीहरुको उमेर २५ बर्ष हुँदा सम्मको लागि सहयोग गर्ने सहमती भएको शर्माले बताए ।

उनीहरुको शिक्षाको लागि हङ्कङमा बस्ने आकास बन्जराले जिम्मा लिएका छन् । मीराको घर निर्माणको लागि सुरु गरिएको अभियानमा करिब ७ लाख ४१ हजार १६ रुपैया संकलन भएको छ । मीराको घर बनाउन ४ लाख खर्च भएको र बचेको पैसा आर्थिक अभावका कारण उपचार नपाएका,शिक्षाबाट बन्चित भएका र पैसाकै कारण घर बनाउन सकेर आकासमुनी बस्दै आएका परिवारको लागि सहयोग गर्ने अभियान्ता दीपकबाबु नेपालले बताए ।

मीराको घरमा अझै केही पैसा लगानी हुन्छ नेपालले भने बाँकी रहेको पैसा सामाजिक क्षेत्रमै खर्च गरिने छ । सो अभियानका लागि सामाजिक अभियान्ता मुरलीप्रसाद गजुरेलले संकलन गरेको १४ हजार रुपैया नेपाललाई हस्तान्तरण गरेका छन् । सरसफाई अभियान्ता ज्ञानेन्द्रराज पाण्डेको अध्यक्षतामा कार्यक्रम व्यवसागी भेषराज दुवाडीले मन्तव्य राखेका थिए ।