रत्ननगरको हनिवनी रेष्टुरेण्टमा निःशुल्क सार्वजनिक शौचालय

June 12, 2022 6:21 pm

रत्ननगर, जेठ २९
रत्ननगरको हनीवनी रेष्टुरेण्ट एण्ड क्याफेमा रहेको शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरिएको छ । रत्ननगरको सौराहाचोकमा रहेको रेष्टूरेण्टमा ग्राहकले मात्र प्रयोग गरिरहेको शौचालय अब सबै व्यक्तिले नि:शुल्क प्रयोग गर्न पाउने भएका छन् । सामाजिक उत्तरदायित्व बहन गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अबधारणलाई अनुसरण गरी सार्वजनिक शौचालय घोषणा गरेको रेष्टूरेण्टले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

आइतबार देखिनै रेष्टूरेण्टमा निःशुल्क शौचालयको सुबिधा दिइएको संचालक सुर्यप्रकाश रेग्मीले बताए । रेग्मीले रत्ननगरमा सार्वजनिक शौचालयको अभाव रहेको महशुस गर्दै होटलमा ग्राहकहरुले प्रयोग गर्दै आइरहेको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा परिणत गरिएको बताए ।

रेष्टुरेन्ट व्यवस्थापक समितिका अध्यक्ष किशोर चालिसेले स्थानीय स्तरको आवश्यकतालाई मध्यनजगर गरी सार्वजनिक शौचालय घोषणा गरिएको बताए । सस्तो लोकप्रियताको लागि नभइ समस्यामा परेका नागरिकलाई सेवा प्रदान गर्न सार्वजनिक शौचालय घोषणा गरिएको उनको भनाई छ ।

रेग्मी,चालिसे सहित विष्णु श्रेष्ठ,लोक्स रिजाल,बाबु पौडेल र माधव पौडेलको सयुक्त लगानीमा हनिबनी रेष्टुरेन्ट सञ्चालनमा रहेको छ । थप सुविधा सहित सो रेष्टुरेन्ट असारको दोस्रो हप्ता देखि नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्ने योजना रहेको पत्रकार सम्मेलनका जानकारी दिइयो ।