रत्ननगर वडा नम्बर १ को मुख्य तिन चोकमा सिमेन्टको कुर्सी

June 11, 2022 3:32 pm

रत्ननगर, जेठ २८
रत्ननगर वडा नम्बर १ को मुख्य तिन चोकमा सिमेन्टको कुर्सी राखिएको छ । यात्रुको सहजताका लागि मुख्य ३ चोक सौराहा चोक, बकुलहर चोक र निपनि चोकमा शनिबार सिमेन्टको कुर्सी राखीएको हो । वडाको लगानिमा तिन वटै चोकमा २/२ वटा कुर्सि राखीएको वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटाले जानकारी दिए । कुर्सी राखेपछि सवारीसाधनको प्रतिक्षामा रहेका व्यक्तिहरु,बाटोमा हिड्ने बटुवा लगायतलाई सुविधा पुग्ने विश्वास वडाले गरेको छ । ६ वटा कुर्सी राख्नका लागि वडाले ४५ हजार रुपैयाँ लगानी गरेको वडा सचिव सुर्य ढुङ्‌गानाले बताए ।