चितवनको टिकौली जङ्गलमा एक पुरुषको शव फेला

June 11, 2022 1:01 pm

चितवन । चितवन पूर्व-पश्चिम राजमार्गको टिकौली जङ्गलमा एक जना पुरुष मृत भेटिएका छन्। जिल्लाको भरतपुर महानगरपालिका १२ स्थित टिकौली जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला परेको हो। मृतक भरतपुर ८ गौरीगन्ज बस्ने अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शनिबार बिहान ८ बजे सो जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको नाम गोप्य राखेको छ। मृतकले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ। शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ।