चितवनको राप्ती गाँउमा पसेको बाघलाई डाट गरेर नियन्त्रणमा लिइयो

June 10, 2022 3:54 pm

चितवन,जेठ २७- चितवनको राप्तीमा गाँउमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । राप्ती नगरपालिका वडा नम्बर १ महादेवटारबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

आज बिहान बाघले राप्ती १ डिपार्टमा बाघले एकजनालाई आक्रमण गरेर घाइते बनाएको थियो भने ३ वटा पशुचौपाया मारेको थियो । त्यसपश्चात् निकुञ्ञको टोलीले बाघको खोजी गेरेर राप्ती १ माधवटारमा फेला पारेको थियो । पुर्वपश्चिम राजमार्गको करिब २ सय मिटर नजिकै आएर लुकेको बाघलाई प्राविधिक टोलीले डाट गरेर नियन्त्रणमा लिएको हो । आज नियन्त्रणमा लिएको बाघ यसअघि कुमरोजमा मान्छे खाएको बाघ भएको आशंका गरिएको छ ।