सडक भासिएको ठाउँमा कारको टुक्रासँगै शव भेटियो

June 10, 2022 11:35 am

चितवन, जेठ २७– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक भत्किएको ठाउँमा शव फेला परेको छ । गएरातिदेखि उक्त सडक भासिएका कारण सवारी आवागमन ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार भासिएको सडकको नदी किनारमा २ जनाको शव भेटिएको छ । शवसँगै गाडीका पाटपुर्जा पनि फेला परेकाले गाडी खसेर दुर्घटना भएको अनुमान प्रहरीले लगाएको छ । गएरातिदेखि अविरल वर्षाका कारण आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको हो ।