टिका नेपालको निधनमा रत्ननगर काँग्रेसको शोक सभा

June 4, 2022 2:07 pm

रत्ननगर,जेठ २१
नेपाली काँग्रेस रत्ननगर नगर सदस्य टिका कुमारी नेपालको निधनमा काँग्रेसले शोक गरेको छ । स्वर्गिय नेपालको निवासमा पार्टीले शोक सभा आयोजना गरि श्रद्धाञ्जली ब्यक्त गरेको हो । पार्टीको नगर कमिटिले आयोजना गरेको शोक सभामा स्वर्गिय नेपालले गरेको योगदानको चर्चा गरिएको थिए ।

टिका नेपालको निधनमा समवेदना ब्यक्त गर्न गएका नेताहरुले टिका नेपालको योगदानको चर्चा गर्दै विगतको दिनलाई स्मरण गरे । शोक सभामा बोल्दै नेपाली काँग्रेस रत्ननगरका सभापति प्रलाद सापकोटाले नेपालले पार्टीमा हरेक पटक अग्रपक्तिमा रहेर काम गर्दै आएको बताए । काँग्रेसका पूर्व जिल्ला सभापति शेषनाथ अधिकारीले पंचायतको आन्दोलनमा पार्टीको गतिविधि संचालन गरेको बताउँदै नेपालको निधनले पार्टीलाई अपूरणीय क्षती पुगेको विचार ब्यक्त गरे ।

समाजिक अभियानमा समेत सक्रिय नेपाल पार्टीको उर्जा भएको महासमिति सदस्य गिता देवकोटाले बताईन् । पिछडीएको वस्तिमा निरन्तर अभियान चलाएको काँग्रेस नगर सचिव अनिता अर्यालले चर्चा गरिन् । टिका नेपाल पार्टीको १४ औं अधिवेशनबाट नगर समिति सदस्यमा निर्वाचित भएकी थिइन् । उहाँको दुई छोरा एक छोरी छन् । सभामा बोल्दै छोरा दिपक नेपालले आफुहरु राजनैतिक संस्कारमा हुर्किएको हुनाले निरन्तर पार्टीको हितमा समर्पित हुने बताए ।