विश्व वातावरण दिवसमा रोटरी क्लब रत्ननगरले विविध कार्यक्रम गर्ने

June 4, 2022 10:57 am

रत्ननगर, जेठ २१
रोटरी क्लब अफ रत्ननगरले विश्व वातावरण दिवस विविध कार्यक्रम गरि मनाउने भएको छ । हरेक बर्ष अंग्रेजी महिनाको जुन ५ तारिखमा विश्वव्यापी रुपमा मनाइने दिवस रत्ननगर रोटरीले विविध कार्यक्रम गरि मनाउन लागेको हो ।

रोटरीले आइतबार र सोमबार दुई दिन कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक तथा क्लबका २०२२/२३ का प्रेसिडेन्ट रामहरी लम्सालले जानकारी दिए । उनले भोली आइतबार पहिलो दिन महिला लक्षीत कार्यक्रम ‘भान्सा औषधालय’ कार्यक्रम र दोस्रो दिन विद्यालय स्तरिय चित्रकला प्रतियोगिता गरिने बताए ।

पहिलो दिनको ‘भान्सा औषधालय’ कार्यक्रममा आमा समूहलाई भान्सामा पकाउन हुने पकाउन नहुने लगाएत भान्सा संग सम्बन्धित विषयमा कार्यक्रम हुने क्लबका प्रेसिडेन्ड निराजन खनालले जानकारी दिए । कार्यक्रममा ३ सय बढी महिलाको सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।

क्लबले दोस्रो दिन पूर्वि चितवनका विद्यालयका विद्यार्थिहरुको सहभागिता रहने गरि बाताबरण संग सम्बन्धित रहेर विद्यालय स्तरिय चित्रकला प्रतियोगीता गर्ने इमिडेट पास्ट प्रेसिडेन्ट शिवराज उप्रेतिले बताए । प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, दोस्रोलाई ८ हजार, तेस्रोलाई ६ हजार, चौंथोलाई ४ हजार र सान्तना हुनेलाई २ हजार रुपैयाँ पुरस्कार राशि रहेको पनि उप्रेतिले जानकारी दिए ।

न्यू क्यापिटल कलेज रत्ननगरको परिसरमा हुने कार्यक्रमको प्रायोजक एक्सपट एजुकेशन रहेको छ । कार्यक्रममा मन्तव्य राख्दै एक्सपटका संचालक डिल्लीराम अधिकारीले रोटरीले गरेका कार्यक्रमको प्रशंसा गर्दै कार्यक्रमको प्रायोजन गर्न पाएकोमा खुसि व्यक्त गरे । कार्यक्रमको बारेमा जानकारी दिन क्यापिटल कलेजको सभाहलमा गरिएको बैठक तथा पत्रकार भेटघाट कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु, क्लबमा आवद्ध सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।