रत्ननगर अस्पतालमा आईतबार पनि ओपिडि सेवा संचालन हुने

June 3, 2022 4:50 pm

रत्ननगर (चितवन) २० जेठ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आईतबार पनि नियमित ओपिडि सेवा संचालन गर्ने भएको छ । लगातार दुई दिन विदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आईतबार पनि ओपिडि सेवा नियमित गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले सातामा दुई दिन विदा हुँदा मंगलबार एकै दिन बिरामीको चाप बढेकाले आईतबार पनि नियमित ओपिडि संचालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन् धेरै चाप प-यो ।”

अस्पतालले आज एक सूचना प्रकाशित गरी आईतबारको दिन समेत पूर्ववत् रुपमा ओपिडी सेवा संचालन गरिने जनाएको छ । यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाईएको छ । सूचनामा अस्पतालको आज शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ ।

सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आईतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।