नेपालगञ्ज घटनामा पक्राउ परेकालाई तत्काल रिहा गर्न राप्रपा रत्ननगरको माग

June 3, 2022 9:32 am

चितवन, जेठ २०
बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्न खोज्दा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न राप्रपा रत्ननगरले माग गरेको छ ।

बिहीबार बिहान नेपालगञ्जस्थित धम्बोजी चोकमा वीरेन्द्रको सालिक राख्ने क्रममा प्रहरीले बलपूर्वक हस्तक्षेप गरेको थियो । हस्तक्षेपपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँससमेत प्रहार गरेको थियो ।

बिहीबार विज्ञप्ती जारी गर्दै घटनाबारे राप्रपा रत्ननगरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । राप्रपा रत्ननगर नगर कार्य समितिका अध्यक्ष गोबिन्द प्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा पक्राउ परेकालाई तत्काल रिहा गर्न तथा इतिहासको सम्मान गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।