
काठमाडौं । पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ ।
जिल्ला अदालतको आदेशविरुद्ध पलले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।
त्यसमा आज बिहिबार भएको सुनवाइमा शाहको तर्फबाट पाँच जना र ‘पीडित’ को तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एकजना सरकारी वकिलले बहस गरेका हुन् ।