विमान दुर्घटना : मृतकको शव परिवारलाई बुझाइयो

June 2, 2022 7:10 pm

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु हुनेहरूको शव परिवारलाई बुझाइएको छ ।

गत आइतवार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।

निधन हुनेहरूको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई आज बुझाइर्एको हो । दुर्घटनामा परेको जहाज गत सोमवार बिहान फेला परेको थियो भने सोमवार र मङ्गलवार गरी दुई चरणमा शव काठमाडौँ ल्याइएको थियो ।