प्रदेश विघटन गर्नुपर्छ : मन्त्री पौडेल

June 1, 2022 2:44 pm

रत्ननगर, जेठ १८
बागमती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले प्रदेश विघटन गर्नुपर्ने बताएका छन् । बुधबार रत्ननगरमा आयोजिक सहकारी ऐन, नियम र अनुगमन सम्बन्धि अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री पौडेलले संविधानमा लेखेको अधिकार प्रदेश सरकारले नपाएको भन्दै प्रदेश विघटन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

‘स्पष्ठ रुपमा संविधानमा लेखेको अधिकार प्रदेशले पाएन,प्रदेशलाई दिन चाहिएन,यस्तै हो भने प्रदेश विघटन गरिदिए हुन्छ ।’ पौडेलले भने । छिमेकी देशको उदाहरण दिंदै मन्त्री पौडेलले भारतमा प्रदेश सरकारले सम्पूर्ण अधिकार पाएको भन्दै नेपालमा प्रदेश सरकारले काम गर्ने अधिकार नपाउनु दुर्भाग्य भएको बताए । ‘अधिकार नपाउँदा केही काम गर्न सकिएन, केन्द्र सरकारले विश्वास नगरेर हामीले काम गर्न सकेनौ’ उनले गुनासो पोखे ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशको आयोजनामा अन्तरक्रिया गोष्ठी रत्ननगरमा गरिएको हो । गोष्ठीको समन्वय यूनिक बचत तथा ऋण सहकारी संस्था रत्ननगरले गरेको थियो ।