मिरुनासँग फुर्पाले मागे माफी, दुई पक्षबीच मिलापत्र(पत्रसहित)

May 31, 2022 7:48 pm

काठमाडौं । चलचित्र कबड्डी ४ को प्रदर्शनका क्रममा आफूलाई ब्याड टच गरेको आरोप नायिका मिरुना मगरले मुगुका फुर्पा तामाङलाई लगाएपछि देखिएको विवाद अन्ततः मिलेको छ।

दुवै पक्षले केही बौद्ध लामा गुरुहरु र कबड्डी सिरिजका अभिनेता दयाहाङ राईसहितको उपस्थितिमा मिलापत्र गरेपछि यो विवाद मिलेको हो।

सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरुलाई साथ दिन पुगेकी मिरुनाले ब्याड टच भएको आरोप फुर्पामाथि लगाएसँगै उत्पन्न विवादलाई लिएर दुवै पक्षले गल्ती स्वीकारेका छन्।

‘प्रदर्शनरत नेपाली कथानक चलचित्र कबडडी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा मिति २०७९ साल जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुग स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री समक्ष माफी मागेका र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी छिन्,’ सहमति पत्रमा भनिएको छ।

अभिनेत्री मगरले पनि यो प्रकरणमा कुनै सम्प्रदाय वा जातिलाई चोट पुग्न गएकोमा क्षमायाचना गरेकी छन्।