नगरवासीलाई मेयर सापकोटाको आग्रह : सम्मानको लागि होइन कामको लागि सम्झनुस्

May 31, 2022 10:23 am

रत्ननगर, जेठ १७
रत्ननगर नगरपालिकाका नव निर्वाचित मेयर प्रलाद सापकोटाले नगरवासीलाई सम्मानको लागि नभई कामको लागि मात्र सम्झन आग्रह गरेका छन् । मंगलबार सामाजिक संजाल मार्फत सापकोटाले मतदान मार्फतनै सम्मान मिलेको भन्दै नगरवासीलाई कामको लागि मात्र सम्झन आग्रह गरेका हुन् ।

‘पाँच बर्ष नगरको समग्र समृद्धिको लागी समय दिनुपर्ने छ,तसर्थ यहाँहरु सबैलाई मेरो निवेदन यो छ कि खादा माला सहित सम्मानका लागी होईन अब कामका लागी मलाई सम्झनुहोस् ।’ सापकोटाले आग्रह गरे । ‘मैले पाँच बर्षमा राम्रो गर्न सके भने अनि फुल माला लगाउला।’

सम्मान गर्ने कार्यक्रममा निमन्त्रणा नगरी काममा लाग्ने समय प्रदान गर्न आग्रह गर्दै सापकोटाले समृद्धिको अभियानमा साथ दिन नगरवासीलाई अनुरोध गरे ।