मध्यरातमा कृष्णमन्दिर चोकमा हाईड्राको वितण्डा, लाखौको क्षति

May 29, 2022 9:25 am

१५ जेठ, रत्ननगर ।
रत्ननगरको कृष्णमन्दिर चोकमा मध्यरातमा हाईड्रा गाडिले वितण्डा मच्चाएको छ । हाईड्रा गाडीका चालकका अनुसार मध्यरातमा हावाहुरी आए पछि हावाको प्रेसरले गाडि आफै स्टार्ट भयो, १ गेरमा रहेको गाडी आफै चल्न थाल्यो करिव आधा दर्जनको संख्यामा विजुलीको पोल ढाल्दै गाडि मुख्य राजमार्ग बाट कृष्ण मन्दिर तर्फ आफै अगाडी बढ्छ अगाडी तर्फको बिजुली तथा टेलिफोन र इन्टरनेटको तार छिनाउदै चेरीको रुखमा अगाडिको चक्का ओट लागे संगै गाडी जाम हुन्छ ।

स्थानियहरु भने चालकको कुरा मान्न तयार छैनन्, उनीहरु यो सबै हुनुमा चालकको लापारवाहि मान्दछन । सामान्य हावाहुरीले गाडी स्टार्ट हुनु , गाडी आफै चलेर विजुलीको पोल ढाल्नु तर सामान्य रुखमा गाडी अड्किनु यो असम्भव भएको उनीहरुको तर्क छ ।

यो विषयमा कृष्णमन्दिर प्रहरी विटका प्रमुख हवल्दार हिरा ठाकुरलाई हामीले जिज्ञासा राख्दा मध्यरातको समय भएको कारण घटना आफुले नदेखेको तर आफुले देख्दा गाडी चेरीको रुखमा ओट लागेको र पछाडि पट्टिको चक्काले जमिन खोस्रिरहेको गाडिमा कोहि पनि नभएको उनले जानकारी दिए ।

घटना पश्चात सो क्षेत्रमा मध्यरात देखि नै विद्युत तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ , घटनाले लाखौको क्षति पुर्याएको प्रारम्भिक अनुमान रहेको छ । घटनाको सत्य तथ्य जांच हुनुपर्ने स्थानियको माग रहेको छ ।