राप्तीमा गुरुङको नेतृत्वमा पत्रकार मंच गठन

May 27, 2022 7:48 pm

चितवन, जेठ १३
पूर्वी चितवनको राप्ती नगरपालिका कार्यक्षेत्र भएका पत्रकारहरु संगठित भएका छन् । राप्तीको विरेन्द्रनगरमा आज भएको पत्रकारहरुको भेलाले राजन दिल गुरुङ्गको अध्यक्षतामा ८ सदस्यीय राप्ती पत्रकार मञ्च तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा पूर्ण बहादुर मगर, सचिवमा सुरज बराकोटी,सह–सचिवमा आशिष उप्रेती र कोषाध्यक्षमा सुजा गौतम रहनु भएको छ। समितिको सदस्यहरुमा दिलिप डल्लाकोटी, मिलन प्रजा (चेपाङ्ग) र विवश पाठक रहनु भएको छ । राप्तीका समाचारहरुलाई धेरैभन्दा धेरै मिडियामा समेट्न समितिले भूमिका खेल्ने अध्यक्ष गुरुङले बताउनुभयो ।