भरतपुरकी मेयर दाहाल सवार गाडी दुर्घटना, अवस्था खतरामुक्त

May 27, 2022 6:13 pm

भरतपुर,१३ जेष्ठ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ ।

आज (शुक्रबार) दिउँसो उनी सवार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।