क्यानको निर्णयविरुद्ध ईपीएलद्वारा सवोच्चमा रिट

May 26, 2022 4:49 pm

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) र यसका ६ वटा फ्रेन्चाइजी टीमले नेपाल क्रिकेट संघ ९क्यान०को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै ईपीएल र ६ टीमले लिगहरूलाई राष्ट्रिय लिगको मान्यता दिन नसकिने निर्णयविरुद्ध रिट दायर गरेको हो।

साथै, क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँग गरेको सम्झौतामा धेरै प्रश्नहरू खडा भएको तथा क्यान र सो कम्पनीबीचको सम्झौता नेपालको कानून विपरीत भएको रिटमा उल्लेख छ।

नेपाली क्रिकेट क्षेत्र ईपीएलले आफ्नो चारवटा लिग गरिसकेको छ भने पाँचौं लिगको तयारीमा छ। क्यानले भने नेपालमा एउटै मात्र राष्ट्रिय लिग ‘नेपाल टी–२०’ हुने निर्णय गरिसकेको छ। बाँकी लिगहरूले आफूलाई क्षेत्रीय लिगमा रुपान्तरण गरेर आएमा मान्यता दिन सकिने पनि क्यानले जनाएको छ।