मोटरसाइकल दुर्घटनामा दुई म्यादी प्रहरीको मृत्यु

May 25, 2022 11:13 am

झापा। झापाको शिवसताक्षीस्थित धरमपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना म्यादी प्रहरीको मृत्यु भएको छ। बुधबार बिहान को१ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतक म्यादी प्रहरीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

निर्वाचन सुरक्षामा खटिएर कार्यालयमा फर्किंदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको हो। पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो।
दुर्घटनापछि बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।