रत्ननगर नगरपालिकाका जनप्रतिनिधिले लिए सपथ

May 22, 2022 5:30 pm

रत्ननगर, जेठ ८
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका रत्ननगर नगरपालिकाका जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन् । नगरका नव निर्वाचित उपमेयर यादव पाठक सहित १६ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

शुक्रबार जिल्ला न्यायाधिश प्रकाश कुमार खनालबाट पद तथा गोपनियताको सपथ खाएका नव निर्वाचित मेयर प्रलाद सापकोटाले आज आइतबार उपमेयर पाठक सहित १६ वटै वडाका जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा निवर्तमान नगर प्रमुख नारायण वन, निवर्तमान उपप्रमुख विमलादेवी दुवाडीसहित १६ वटै वडाका जनप्रतिनिधिलाई खादा टिका र मायाको चिनो प्रदान गरि बिदाई समेत गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत शिशिर पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा निर्वाचन अधिकृत विनोद कुमार गौतमले जनप्रतिधिलाई प्रमाण पत्र वितरण गरेका थिए ।