चितवनमा करेन्ट लागेर एक महिलाको मृत्यु

May 22, 2022 3:10 pm

चितवन । चितवनको भरतपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० बालमन्दिर नजिकै शिखर ईन्स्योरेन्सको शाखा कार्यालयमा कार्यरत कर्मचारी शकुन्तला पौडेल सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयको बाहिरपट्टी रहेको फ्लेक्सबोर्ड झिक्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएकी उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।करेन्ट लागेर शिखर ईन्सोरेन्समै कार्यरत बर्ष ३२ का तरुण थापा घाईते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।