रत्ननगरका मेयरको पहिलो निर्णय : दुधमा अनुदान,गरिबलाई स्वास्थ्य विमा

May 20, 2022 7:28 pm

रत्ननगर ०६ जेठ । रत्ननगर नगरपालिकाका नवनिर्वाचित मेयर प्रल्हाद सापकोटाले निर्वाचित भए लगतै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले चार महत्वपूर्ण निर्णय गरेका छन् ।

मेयर सापकोटाले पशुपालक किसानले उत्पादन गरेको दुधमा प्रतिलिटर एक रुपैया तथा घाँसमा प्रतिकठ्ठा दुई हजार अनुदान दिने निर्णय गरेका हुन । पशुपालनको विकास गरी किसानलाई व्यवसायिक बनाउन अनुदान दिने निर्णय गरेको उनले बताए । पशुपालनमा लागतमुल्य घटाउन घाँसमा अनुदान दिने निर्णय गरेको मेयर सापकोटाको भनाई छ । त्यसैगरी गरिब तथा विपन्न समुदायको जीवन रक्षाको लागि स्वास्थ्य बिमा गर्दा लाग्ने रकम नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको छ ।

गरिब तथा विपन्न समुदायमा अहिले पनि बिमा गर्दा लाग्ने रकम तिर्ने हैसियत नभएको मैले पाएको छु उनले भने आर्थिक अभावका कारण उपचारबाट बन्चित हुन नपरोस भनेर यस्तो निर्णय गरेको छु । मेयर सापकोटाले गरेको तस्रो निर्णय विकास केन्द्रीत रहेको छ । नगर सभाले पारित गरेका र कार्यान्वयन हुन नसकेका योजनालाई खारेज गरी सो योजनालाई आगामी नगरसभाबाट अनुमोदन गरी अगाडि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।