चितवनका चार पालिका प्रमुखले लिए सपथ

May 20, 2022 2:59 pm

चितवन,६ जेष्ठ– स्थानीय तह निर्वाचनबाट निर्वाचित चितवनका चार पालिका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ, नेकपा एमालेबाट निर्वाचित माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो, एमालेबाटै निर्वाचित कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी र एमालेबाट निर्वाचित इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले आज (शुक्रबार) सपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई जिल्ला समन्वय समितिको सभाहल भरतपुरमा जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । निर्वाचित पालिका प्रमुखहरुलाई निर्वाचन अधिकृतले विजेताको प्रमाण पत्र समेत प्रदान गरेका थिए । सपथ लिएका प्रमुखहरुले आजै पालिका उपप्रमुख र वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराउँदै पदभार ग्रहण गर्ने तयारीमा छन् ।

भरतपुर महानगरसहित रत्ननगर र राप्ती नगरपालिकाको अन्तिम मतपरिणाम भने आउन बाँकी रहेको छ । भरतपुरको मेयरमा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अध्हिकारीले अग्रता लिइरहेकी छन् ।

उता रत्ननगरको मेयर कांग्रेसले र उपमेयर एमालेले जित्ने निश्चित भइसकेको छ भने राप्तीको मेयर र उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिइरहेको छ ।