रत्ननगरको मेयरमा कांग्रेसका सापकोटा, उपमेयरमा एमालेका पाठक विजयी

May 20, 2022 2:42 pm

रत्ननगर, जेठ ६
चितवनको रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा विजयी भएका छन्। सापकोटाले २० हजार ७९६ मत ल्याएर विजयी बन्दा एमालेकी बिमला देवी दवाडीले १२ हजार ७२८ मत ल्याइन । उपमेयरमा भने एमालेका यादव प्रसाद पाठक १३ हजार ५१४ मत ल्याएर विजयी भए । पाठकले गठबन्धबाट उम्मेदवार भएका समाजवादीका बद्रिनाथ घिमिरेलाई १ हजार १६० मतान्तरले पराजित गरेका हुन् । रत्ननगरमा कांग्रेसले १,२,३,४,५,६,८,१०,र १४ नम्बर वडा जितेको छ भने एमालेले ७,११,१३,१५ र १६ नम्बर वडा जितेको छ। वडा नं. १२ माओबादी र वडा नम्बर ९ स्वतन्त्र उम्मेदवारले जितेका हुन् ।