रत्ननगर- ११ काे वडा अध्यक्षमा एमालेका श्याम कुमार श्रेष्ठ विजयी

May 18, 2022 7:08 pm

चितवन, जेठ ४ । रत्ननगर नगरपालिका वडा नम्बर- ११ को वडा अध्यक्षमा नेकपा एमालेका श्याम कुमार श्रेष्ठ विजयी भएका छन् । वडा अध्यक्षमा श्रेष्ठले ९२६ मत ल्याएर विजयी हासिल गरेका हुन् । उनका निकतम प्रतिद्धन्दी नेपाली कांग्रेसको तर्फबाट ८५५ मत सहित पराजित भएका हुन् । चार वडा सदस्यमा तीन वटा एमाले र एक कांग्रेस विजयी भएका छन् । एमालेका हर्क बहादुर थापा ७९३, दिलवहादुर केसी ७७४, दलित महिला सदस्य ज्वती विश्वकर्मा ८११ र नेपाली कांग्रेसकी महिला वडा सदस्य यशोदा अधिकारी पौडेलले ८४७ मत प्राप्त गरी विजयी भएका हुन् ।