![](https://ratnanagaronline.com/wp-content/uploads/2022/05/Ward-9-ratnanagar-.jpeg)
३ जेठ, रत्ननगर ।
रत्ननगर ९ मा नेकपा एमालेको अग्रता कायमै रहेको छ । यो वडामा हाल सम्म ७ सय ८१ मत गनिएको छ । जस मध्य नेकपा एमालेका घप्पन बहादुर लामाले २ सय ८४ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीकि सरस्वति लामाले २ सय १६ मत प्राप्त गरेकी छिन । त्यस्तै स्वतन्त्र बाट उमेदवार बनेका अनन्त अधिकारीले १ सय १९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवारलाई नेपाली कांग्रेसको समर्थन छ भने नेकपा समाजवादिलाई माओवादी केन्द्रको समर्थन रहेको छ ।
रत्ननगर ९ बाट गठबन्धनका नगर प्रमुख पदमा प्रल्हाद सापकोटालाई ३ सय ९१ मत प्राप्त भएको छ भने विमलादेवी दुवाडिलाई २ सय १६ मत प्राप्त भएको छ । त्यस्तै उप-प्रमुख पदमा बद्रि घिमिरेले २ सय ७७ मत प्राप्त गरेका छन् भने यादव पाठकले २ सय २३ मत प्राप्त गरेका छन् ।
अहिले मोहना क्षेत्रको मतगणना भैरहेको छ ।