रत्ननगर वडा नं १ को वडाध्यक्षमा कांग्रेसका सापकोटा विजयी

May 15, 2022 9:30 pm

रत्ननगर । रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । सो नगरपालिकाको वडा नं १ को वडाध्यक्षमा कुलप्रसाद सापकोटा सहित उनको प्यानलै विजयी भएको छ ।

सापकोटा ९१५ मतका साथ विजयी भएका हुन । उनको निकटतम प्रतिद्दन्द्धी एमाालेका शालिकराम पराजुलीले ६८६ मत प्राप्त गरेका छन् । वडा खुल्ला सदस्यमा गिरिराज लम्साल ७५२ मत ,सुर्यविक्रम चौधरी ७२३ मत,महिला सदस्यमा उमा पौडेल सुवेदी ७८६ मत र दलील महिला सदस्यमा विन्दु मगराती ८०९ मतका साथ विजयी भएको निर्वाचन अधिकृत विनोदकुमार गौतमले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा पनि एक सदस्य बाहेक सो वडामा कांग्रेस नै विजयी भएको थियो । वडा नं २ र ३ का पनि कांग्रेसले अग्रता लिएको छ । मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा र उपमेयरमा समाजबादीका बद्रिनाथ घिमिरेको अग्रता कायमै छ ।