राप्तिमा ६ हजार २ सय ७२ मत गणना, लामाको अग्रता

May 15, 2022 7:54 pm

१ जेठ राप्ति ।
पूर्वी चितवनको राप्ति नगरपालिकामा हाल सम्म ६ हजार २ सय ७२ मत गणना भएको छ । ताजा अवस्थामा नगर प्रमुख पदमा नेकपा एकीकृत समाजवादिका समशेर लामाले अग्रता लिएका छन् । लामाको २ हजार ४ सय ६९ मत आउदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोविन्द कडेलको २ हजार २ सय ६७ मत आएको छ ।

नगर उप प्रमुख पदमा भने नेकपा एमालेकी मेनुका पाठकले अग्रता लिएकी छिन, उनको २ हजार ७ सय ९० मत आएको छ भने नेपाली कांग्रेसका देवेन्द्र लामाले २ हजार ५ सय ३३ मत प्राप्त गरेका छन् ।

राप्ति ४ मा नेकपा एमालेका वडाध्यक्ष उमेद्वार केदार आचार्यले १ हजार ३ सय ५० मत सहित विजय प्राप्त गरेका छन् , उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका गोपीकृष्ण बर्तौलाले १ हजार २ सय १२ मत प्राप्त गरेका छन् ।