३१ वैशाख, काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा व्यापक वृद्धि गरेको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आज शनिबार राति देखि मुल्यवृद्धि हुने निगमले जनाएको छ ।