रत्ननगरमा ६ सय मतगणना, गठबन्धनको अग्रता

May 14, 2022 9:14 pm

३१ बैशाख, रत्ननगर ।
स्थानिय तह निर्वाचन अन्तर्गत देशभरी मतगणना जारि छ । रत्ननगर नगरपालिकामा हाल सम्म ६ सय मत गणना भएको छ । नगर प्रमुख पदमा गठबन्धन अन्तर्गत नेपालि कांग्रेसका प्रल्हाद सापकोटाले ३ सय ५६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेको विमला देवी दुवाडीले १ सय ५२ र राप्रपाका हरिशरण भट्टराईले २७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उप प्रमुख पदमा गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादिका बद्रीनाथ घिमिरेले २ सय १० , एमालेका यादव पाठकले १ सय ६३, राप्रापाको विमला चौधरीले ४९ र स्वतन्त्र उमेदवार विरन्जना सापकोटाले ३३ मत प्राप्त गरेकी छिन ।

रत्ननगर १ मा वडाध्यक्ष पदमा हाल सम्मको अपडेट
नेकपा एमाले शालिग्राम पराजुली : १२१
नेपाली कांग्रेस कुल प्रसाद सापकोटा : १५९
नेकपा माओवादी केन्द्र युवराज पौडेल(गणेश) : ६५
नेकपा एस कृष्ण पुरि : ४
राप्रपा रामचन्द्र चौधरी : १७