चितवनको रत्ननगरमा कांग्रेसको अग्रता

May 14, 2022 12:44 pm

चितवन, वैशाख ३१ । चितवनको रत्ननगर नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रलाद सापकोटाले अग्रता लिएका छन् । वडा नं. १ को प्रारम्भिक मतगणना अनुसार सापकोटाले ५५ र एमालेका मेयर उम्मेदवार बिमला दुवाडीले ३३ मत ल्याएकी छिन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट समाजबादीका बद्री घिमिरेले र एमालेका यादव पाठक ले समान ३२/३२ मत प्राप्त गरेका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले अग्रता लिएका छन् । वडाध्यक्षका उमेदवार कुल प्रसाद सापकोटाले ३४ , एमालेका शालिग्राम पराजुलीले ३२ मत र माओवादीका युवराज पौडेलले २२ मत प्राप्त गरेका छन् ।