चितवनको कालिकामा एमालेको अग्रता

May 14, 2022 11:42 am

३१ वैशाख, चितवन । नेकपा एमालेले चितवनको कालिका नगरपालिका मेयरमा अग्रता लिएको छ । एमालेका विनोद रेग्मीले २११ मत ल्याएर अग्रता लिएका हुन् । कांग्रेसका शिवराम केसीले १९७ मत ल्याउँदै रेग्मीलाई पछ्याइरहेका निर्वाचन कार्यालयले जनाएको छ । ३१ हजार १५६ मतदाता रहेको कालिकाम २४ हजार ३३१ मत खसेको थियो ।