रत्ननगरमा समाजवादीका उमेदवार एमालेमा फर्किए

May 10, 2022 8:48 pm

रत्ननगर । चितवनकोे रत्ननगरमा एकीकृत समाजवादीबाट वडा सदस्य पदमा उमेदवारी दिएका दुई जना एमालेमा समाहित भएका छन् ।

वडा नं १० को खुल्ला तर्फ वडा सदस्यमा उमेदवारी दिएका चन्द्रकान्त ओझा र माधवप्रसाद अधिकारीले उमेदवारी फिर्ता लिएको घोषण गर्दै एमालेमा फर्किएका हुन ।

समाजबादीका जिल्ला सदस्य तथा वडा नं २ का वडा इन्चार्ज समेत रहेका ओझाले पदका लागि माधवकुमार नेपालले पार्टी फुटाएको र समाजबादीमा रहेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नसकिने ठहर गर्दै पुरानो घर एमालेमा फर्किएको विज्ञप्ती मार्फत जनाएका छन् ।