आज नारायणगढको क्याम्पाचौरमा एमालेको चुनावी सभा

May 8, 2022 9:27 am

चितवन, २५ वैशाख । नेकपा एमाले चितवनको आयोजनामा आज नारायणगढमा चुनावी सभा हुदैछ । नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैहुनुहुन्छ। सभामा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा बदल, सभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
केन्द्रीय बसपार्कको चौरमा गर्ने तयारी रहेकोमा सो स्थान सामान्य पानीले ताल बन्ने भएपछी क्याम्पाचौरमा आयोजना गर्न लागिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।