रत्ननगर १६ मा चुनाव जित्नेमा दुईमत नै छैन : हरिराम श्रेष्ठ

May 7, 2022 8:50 pm

२४ बैशाख
रत्ननगर । रत्ननगर नगरपालिकामा अहिले बागी उमेदवारहरुको चर्चा चल्ने गरेको छ । एकातिर बागी उमेदवारहरु स्वतन्त्रमा उठेको चर्चा छ भने अर्कोतिर विशुद्ध स्वतन्त्र उमेदवारहरुको पनि उत्तिकै चर्चा छ । रत्ननगर १६ मा बर्षौ देखि सामाजिक कार्यमा आफुलाई प्रस्तुत गर्दै आउनुभएका हरिराम श्रेष्ठ कुनै दल संग आवद्ध हुनुहुन्न , दलहरुको उमेदवारले जनताको बिचारको सहि न्याय गर्न नसकेको भन्दै उँहाले स्वतन्त्रमा वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गराउनु भएको छ । हरिराम श्रेष्ठले बिगतका दिनहरुमा गरिब दु:खीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी लगाएतका कुराहरुमा आफ्नो क्षमताले भ्याय सम्म सहयोग गरेको रत्ननगर १६ का स्थानिय डम्बर बहादुर श्रेष्ठ बताउछन् ।

दलहरुको बिगबिगिमा तपाईको उमेदवारीको औचित्यले सार्थकता पाउला भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ “स्थानिय निर्वाचनमा दललाई होइन समाज बदल्ने ल्याकत राख्नेहरु नै उमेदवारको रुपमा प्रस्तुत हुनुपर्छ, जहाँ सम्म मेरो उमेदवारीको कुरा छ यो सम्पूर्ण रत्ननगर वडा नम्बर १६ का विकासप्रेमीहरुको माग र सुझाव हो” ।

आफु वडाध्यक्ष भएर आए वडा नम्बर १६ मा रहेका विवाह नभएका १६ बर्ष भन्दा माथिका छोरीहरुलाई पेवा बचत खाता खोलिदिने र त्यसको लागी वडाध्यक्ष भए बापतको तलब भत्ता केहि पनि आफुले नलिने १६ नम्बर का छोरीहरु प्रति समर्पण गर्ने उँहाको प्रतिबद्धता छ । यसो गर्नाले छोरीहरुलाई गरिने विभेद कम हुने उँहाको बुझाई छ । वडामा भ्रस्टाचारको गन्ध समेत आउन नदिई काम गर्ने उँहाको भनाई छ । कयर खोलामा तटबन्धन, वाकिंग स्ट्रिट निर्माण, सांस्कृतिक ग्राम निर्माण, रोजगारीको सिर्जना, कृषि र पशुपालन लाई व्यवशायिक गर्ने, विपन्न बर्गलाई निशुल्क स्वास्थ्य बिमा र निशुल्क एम्बुलेन्स सेवा, असाहय वृद्ध वृद्धाका लागि वृद्धाश्रम निर्माण, युवाहरुको लागी विशेष तालिम, खेलकुदको क्षेत्रलाई छुट्टै बजेट विनियोजन गर्ने, स्थानिय भद्रकाली माविलाई गुणस्तरिय शिक्षा सहित प्लस टु संचालन , वडाका सम्पूर्ण बाटोहरुमा कालोपत्रे निर्माण, असाहय वृद्ध वृद्धालाई घर घर पुगेर सास्थ्य परिक्षण लगायत वडा संग सम्बन्धित हरेक कुराहरुलाई उत्तिकै प्राथमिकतामा राखेर कसैलाई विभेद नगरी पिछडिएका वर्गलाई उकास्ने गरि कार्यक्रम ल्याईने उँहाको भनाई छ । वडाका विकासको विषयमा विज्ञहरु संग मात्र परामर्श गरि विज्ञहरुलाई स्थान प्रदान गर्दै वडाका टोल विकास संस्थाहरुको भूमिका मजबुत बनाईने समेत उँहाको योजनामा छन् ।

अहिले वडाबासिहरु सबै उत्साहित भएर आफुहरुको पक्षमा खुल्नु भएको कारण आफ्नु जित हुनेमा कुनै दुईमत नरहेको श्रेष्ठको भनाई छ ।