एमाले रत्ननगरको चुवानी घरदैलोमा उमेदवारलाई भब्य स्वागत

May 7, 2022 4:02 pm

रत्ननगर २४ बैशाख । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नेकपा एमालेबाट मेयर,उपमेयर,वडाध्यक्ष तथा वडासदस्य पदका उमेदवारहरुलाई मतदाताले भब्य स्वागत गरेका छन् । रत्ननगर ७ मा मत माग्न मतदाताको घरमा पुगेका उमेदवारहरुलाई मतदाताले टीका र खादा लगाएर स्वागत गरेका हुन ।

उमेदवारहरुलाई स्वागत गर्न पडेडिया,सिसुवार गाउँका स्थानीयले घरघरमा पानी भरेको पित्तलको गाग्री राखेका थिए । एमालेका उमेदवारहरु भोट माग्न आउदैछन भन्नु पूर्व जानकारी पाएका मतदाताले हातमा टिका,खादा र फुल लिएर स्वागत गर्न बसेको जिल्ला कमिटी सदस्य विन्दा कार्कीले जानकारी दिइन । सो वडामा मेयर पदकी उमेदवार विमला दुवाडी,उपमेयर पदका उमेदवार यादवप्रसाद पाठक,वडा अध्यक्षका उम्मेदवार सजना महतो, सदस्यहरु सुर्य बहादुर तामाङ, कुलप्रसाद आचार्य, जानकी चौधरी, माईली सुनार लगागत नेताकार्यकर्ताहरु घर–घर र बस्ती बस्तीमा पुगेर मतदातासंग भोट मागेका थिए ।

चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदकी उम्मेदवार दुवाडीले एमालेको नेतृत्वबाट मात्र नगरको विकास सम्भव रहेको भन्दै निर्भक्क भएर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिने । उनले कृषकहरुको सधैं समस्याको रुपमा रहने मल, बीउ, र किटनासक औषधिको व्यवस्था गर्नका लागि नगरपालिका भित्र रहेका सहकारी एबं एग्रोभेट हरुसंग सहकार्य गरि उचित व्यवस्था मिलाउने, कृषि सामग्रीमा अनुदानको व्यवस्था गर्ने, “एमालेको सरोकार एक घर एक रोजगार” को संकल्पलाई साकार पार्नका लागि नगरले बिशेष कार्यक्रम ल्याउने बताइन् ।

त्यस्तै कार्यक्रममा उपमेयर पदका उम्मेदवार यादब पाठकले भूमिको खण्डिकरण रोक्नका लागि भूमिलाई कृषि, उद्योग, बस्ति विकास गरी तीन तहमा छुट्टयाइएर छुट्टै ऐन बनाइने, सुकुम्बासीहरु अहिले बसी राखेको थात थलो बाट उठ्न नपर्ने गरि दीर्घकालीन उपाय खोज्ने जस्ता प्रतिबद्धता व्यक्त गरे ।