भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

May 2, 2022 4:49 pm

काठमाडौं,१९ बैशाख– सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ। इस्लाम धर्मालम्बीहरूको पर्व ईद (ईद उल फित्र)का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।
नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम भोलि बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन्। ‘नेपाल राजपत्रमा मिति २०७८।११।२६ मा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा २०७९ वैशाख २० गते मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गृह मन्त्रालयका प्रवक्ता पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ।