रत्ननगर,बैशाख १९
स्थानिय तहको चुनाब नजिकिंदै गर्दा एमाले रत्ननगरले घरदैलो तिब्र पारेको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनाबका लागि एमालेबाट मेयर,उपमेयर,वडा अध्यक्ष र वडा सदस्यका उमेदवारहरुले मतदाताका समस्या,गुनासा,रायसुझाव लिदै मतदाताका घरघरमा पुगि मत मागिरहेका छन् । यसैबिच,नेकपा एमाले रत्ननगर वडा नं. १३ ले पनि घरदैलो तिब्र पारेको छ । नेकपा एमालेका तर्फबाट वडा नं.१३ का वडा अध्यक्ष पदका उमेदवार सुवास घिमिरे,वडा सदस्य अशोक दराई, अजित चौरेल, बेलकुमारी श्रेष्ठ, रेश्मा मिजार सहितको टोलीले मतदाताका घरदैलोमा पुगी मत मागेका हुन् । घरदैलो कार्यक्रम पछि सुब्बाचोकमा आयोजित कोण सभामा मेयरका उम्मेदवार विमला दुवाडीले आफुले मतदातालाई झुटा आस्वासन नदिएको वताईन् । उनले ५ वर्षको अवधिका धेरै काम गरेको र बाँकी रहेको काम पुरा गर्न मेयर पदमा उम्मेदवारी दिएको भन्दै मतदाताले जिताउने विश्वास ब्यक्त गरिन् । घरदैलोको टोलीमा एमालेका नेता तथा कार्यकर्ताको पनि उल्लेख्य उपस्थिती रहेको थियो ।