मेयर उपमेयरको उम्मेदवार सहित १६ वटै वडामा एमाले रत्ननगरको घरदैलो तिब्र

May 1, 2022 12:57 pm

रत्ननगर,बैशाख १८
स्थानिय तहको चुनाव नजिकिँदै गर्दा एमाले रत्ननगरले घरदैलो तिब्र पारेको छ । बुधबार रत्ननगरको वडा नम्वर ३ बाट घरदैलो सुरु गरेको एमाले रत्ननगरले आज १६ वटै वडामा घरदैलो गरिरहेको छ । घरदैलो कार्यक्रममा मेयर उपमेयरका उम्मेदवार सहित हरेक वडाका वडाध्यक्षसंगै एमालेले घरदैलो गरिरहेको रत्ननगर नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।

घरदैलो कार्यक्रममा वडा नम्बर १ मा अध्यक्षका उम्मेदवार सालिग्राम पराजुली,२ नम्बरमा वडाध्यक्षका उम्मेदवार कृष्ण प्रसाद डोटेल,३ नम्बर वडामा वडाध्यक्षका उम्मेदवार गुप्तनाथ भट्टराई, ४ नम्बर वडामा वडाध्यक्षका उम्मेदवार रविन्द्र चौधरी,५ नम्वर वडामा वडाध्यक्षका उम्मेदवार कृष्ण चौधरीको नेतृत्वमा घरदैलो भइरहेको प्रचार प्रसार समितिका सह संयोजक प्रताप डल्लाकोटीले बताए । त्यस्तै वडा नम्वर ६ मा वडाध्यक्षका उम्मेदवार लोकराज भुषाल,वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार सजना महतो,वडा नम्बर ८ मा वडाध्यक्षका उम्मेदवार गोकर्ण कुमारी महतो, ९ नम्बरमा वडाध्यक्षका उम्मेदवार घपन वहादुर तामाङ,१० नम्बरमा वडाध्यक्षका उम्मेदवार सन्देश पाठकको नेतृत्वमा घर दैली भइरहेको हो ।

त्यस्तै,वडा नम्बर ११ मा वडाध्यक्षका उम्मेदवार श्याम कुमार श्रेष्ठ,वडा नम्बर १२ मा वडाध्यक्षका उम्मेदवार रामशरण नेपाल, वडा नम्बर १३ मा वडाध्यक्षका उम्मेदवार सुवास घिमिरे, १४ नम्बर वडामा वडाध्यक्षका उम्मेदवार रामप्रसाद लम्साल, १५ नम्बर वडामा वडाध्यक्षका उम्मेदवार आषिक तामाङ र १६ नम्बर वडामा वडाध्यक्षका उम्मेदवार हेमराज थापाको नेतृत्वमा घरदैलो जारी रहेको घरदैलो कार्यक्रममा संयोजक प्रेम दुवाडीले जानकारी दिए । सवै वडाको घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवार स्थानिय नेता तथा कार्यकर्ताका उल्लेख्य उपस्थिती रहेको दुवाडीले बताए ।