चितवन,बैशाख १८
चितवनको कुमरोजमा वाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी १३ का नारायण दाहालको.ज्यान गएको हो ।
वनको राप्ती घाँसे मैदानमा घाँस काट्न गएका दाहाललाई बाघले आक्रमण गरेको खवर पाए लागत्तै सेना सहितको टोली उद्दारको लागि घटनास्थलमा पुगेको थियो ।
हात्ती सहित उद्धारमा खटिएको टोलीले दाहालको शव घाँटीमा चोट लागेको र खुट्टाको भाग खाएको अवस्थामा फेला पारेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।