रत्ननगर, बैशाख १६
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन उमेदवारी दिएका रत्ननगरका १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार उम्मेदवारी फिर्ता लिनेमा एमाले वाहेकका दलका उम्मेदवार रहेका छन् । कार्यालयका अनुसार गठबन्धनको दल कांग्रेसबाट वडा नं १२ मा उम्मेदवारी दिएका शिव प्रसाद अम्गाई रहेका छन् भने फिर्ता लिने बाँकी उम्मेदवार गठबन्धन मा आवद्ध वाहेकका दलका र स्वतन्त्र उम्मेदवार रहेका छन् ।
हेर्नुहोस उम्मेदवारी फिर्ता लिनेको नामावली
