रत्ननगरमा नि:शुल्क आँखा परिक्षण शिविर

April 28, 2022 7:40 pm

१५ बैशाख , रत्ननगर ।
रत्ननगर स्थित टिकौली कृष्णमन्दिर परिसरमा संचालन गरिएको नि:शुल्क आँखा शिविरमा ३४ जनामा मोतियाविन्दु फेला परेको छ । उनीहरुलाई निशुल्क अपरेसनको समेत व्यस्था गरिएको छ । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल र श्री कृष्ण प्रणामी सेवा समिति नेपालको आयोजनामा नि:शुल्क आँखा परिक्षण शिविर राखिएको हो । शिविरमा २ सय २८ जनाले आँखा परिक्षण गराएका थिए । जस मध्य ४१ जनालाई विभिन्न पावरका चस्मा आवश्यक भएको हुदा शिविरमा ४१ जनालाई नि:शुल्क चस्मा समेत वितरण गरिएको थियो ।

डार्क फाउन्डेसन र पार्ट्नर्स फर इक्युइटि को आर्थिक सहयोगमा नि:शुल्क आँखा शिविर आयोजना गरिएको हो । शिविरमा आँखा रोग विषेशज्ञ डा . बिनिशा श्रेष्ठ सहितको को प्राविधिक टिमले आँखा परिक्षण गरेका थिए ।