रत्ननगरमा राप्रपा उम्मेदवार सहित चुनावी मैदानमा

April 27, 2022 8:09 pm

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्न चितवनको रत्ननगर नगरपालिकाको मेयर,उपमेयर,वडाध्यक्ष तथा वडा सदस्यमा उम्मेदवारी दिएर चुनाबी मैदानमामा होमिएको छ । पछिल्लो अधिबेशनमा केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङलेन निर्वाचित भएपछि लोकप्रिय बनेको सो पार्टी सशक्त अभियानका साथ चुनाबी मैदानमा होमिएको हो । सो पार्टीबाट रत्ननगरको मेयरमा हरिशरण भट्टराई र उपमेयरमा विमला थापा चौधरीले उम्मेदवारी दिएका छन् । राप्रपाबाट वडा नं १ को वडाध्यक्षमा रामचन्द्र चौधरी,वडा नं २ को वडाध्यक्षमा हरिनारायण श्रेष्ठ,वडा नं ३ को वडाध्यक्षमा पतिराम चौधरी,वडा नं ४ को वडाध्यक्षमा तुना चौधरी,वडा नं ५ को वडाध्यक्षमा किरण गुरुङ,वडा नं ६ को वडाध्यक्षमा प्रेमनाथ पाठक (हरि) ,वडा नं ७ को वडाध्यक्षमा सरस्वी सेढाई,वडा नं ८ को वडाध्यक्षमा रामजी महतोले उम्मेदवारी दिएका छन् । त्यसैगरी वडा नं ९ को वडाध्यक्षमा नारायण बहादुर कार्की,वडा नं १० को वडाध्यक्षमा अशोक राउत,वडा नं ११ को वडाध्यक्षमा राजेश्वर खतिवडा, वडा नं १२ को वडाध्यक्षमा कृष्ण लामा,वडा नं १३ को वडाध्यक्षमा सोमबहादुर बगाले,वडा नं १४ को वडाध्यक्षमा काशिराम थापामगर,वडा नं १५ को वडाध्यक्षमा प्रितम पाण्डे र वडा नं १६ को वडाध्यक्षमा लाल बहादुर लामाले उम्मेदवारी दिएका छन् । राप्रपाले बुधबार एक कार्यक्रमको आयोजना गरी चुनाबी प्रतिबद्धता सार्वजनिक गरेको छ । उसले संघीयता खारेजी,एमसीसी खारेजी,हिन्दुराष्ट्र कायम,भष्टाचारको अन्त्य र देश रक्षालाई मुख्य एजेण्डा बनाएर निर्वाचनमा होमिएको क्षेत्रीय अध्यक्ष बलराम दाहालले बताए । जिल्ला सदस्य हरि अधिकारीले एजेण्डा विहीन ठुला दलहरुलाई मतदान गरेर देशलाई दुर्घटनातर्फ नधकेल्न जिल्ला तथा नगरबासीहरुलाई आग्रह गरे । सो पार्टीका प्रदेश सहसचिव माधव भट्टराई प्रमुख अतिथि रहेको सो कार्यक्रममा मेयर पदका उम्मेदवार भट्टराईले रत्ननगरलाई नमुना र भष्टाचारमुक्त नगर बनाउन आफुले उम्मेदवारी दिएको बताए । नगर समितिका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष पिताम्बर आचार्य,नगर उपाध्यक्ष सरस्वती सेढाई,सचिव श्याम पोखरेल लगायतले मन्तव्य राखेका थिए ।