रत्ननगर,बैशाख १४
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले रत्ननगरले चुनावी प्रचारप्रसारको कामलाई तिब्रता दिंदै आजबाट घरदैलो सुरु गरेको छ । एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडी र उपमेयर यादव पाठक सहितको टोलीले आजबाट घरदैलो सुरु गरेको हो ।
उम्मेदवार सहितको टोलीले वडा नम्बर ३ को सुकुम्बासी बस्तीबाट घरदैलो सुरु गरेको एमाले नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालले जानकारी दिए । घरदैलोका क्रममा उम्मेदवारलाई स्थानीयले बधाई र शुभकामना दिईरहेका छन् । मेयरको उम्मेदवार महिला पाएपछि स्थानिय महिलाहरु उत्साहित देखिएका थिए । उनिहरुले महिलाको समस्या समाधानको लागि नेतृत्व तहमा महिलानै हुनुपर्ने भन्दै मेयरको उम्मेदवार दुवाडीलाई जितको लागि शुभकामना दिए ।
घरदैलो कार्यक्रममा मेयरको उमेदवार दुवाडी,उपमेयरका उम्मेदवार पाठक सहित वडा नम्बर ३ का वडाध्यक्षका उमेदवार गुप्तनाथ भट्टराई, सदस्यका उमेदवारहरु किशोरबाबु पुरी, राममणी थपलिया, प्रेमकुमारी चौधरी र विमला परियार लगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो ।
