चितवन । नेकपा एमालेबाट चितवनको रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्षका उम्मेदवार लोकराज भूषालले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । विपन्न तथा सुकुमबासी समुदायलाई नि:शुल्क विजुली र खानेपानी उपलब्ध गराउने सहित २१ बुँदै प्रतिबद्धता सार्वजनिक गरेका हुन । नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका भूषालले बुँदागत रुपमा गरेको प्रतिबद्धता यसप्रकार रहेको छ ।
१) बिवाह दर्ता प्रमाण पत्र,जन्मदर्ता ,मृत्यु दर्ता जस्ता कागजातहरुको आबेदन अनलाइनबाट गर्न मिल्ने बनाइने छ । यी सबै प्रमाण पत्रहरु घर मै पु¥याउने व्यवस्था मिलाउने छौ । वडालाइ पेपर लेस (कागज रहित) वडा बनाउने छौ ।
२) बृद्धभत्ता घरमै पु¥याउने छौ । बृद्धभत्ता घरमै पु¥याउने काममा रोजगार दिने छौं ।
३) ७० वर्ष माथिका बृद्धबृद्धाहरुका लागि घरमै पुगेर स्वास्थ्य जाँच गर्ने छौ । ७० वर्ष माथिका बृद्धबृद्धा र निम्न बर्गीय वडाबासीका लागि निशुल्क एम्बुलेसं सेवा प्रदान गर्ने छौ ।
४) मधुमेह र रक्तचापको निशुल्क चेकजाच निशुल्क बनाइने छ ।
५) राज्यको मापदण्ड अनुसार विभाजन गरेका गरिब र सुकुमबासी वडाबासीलाइ बिजुली र खानेपानी निशुल्क दिने छौ ।
६) हाम्रो वडा बाट रोजगारीका लागि विदेश जाने युवा युवतीहरुका लागि बिमा गरे बापत लाग्ने सम्पूर्ण खर्च हामी आफै गर्नेछौ । वडाका कोही पनि विदेशमा अलपत्र परेको खण्डमा नेपाल सम्म आफ्ना वडाबासीलाइ लिएर आउन सबै काम वडा आफै ले गर्नेछ । राहदानी बनाउन परेमा चाहिने सम्पूर्ण कागजात वडाले तयार पारिदिनेछ ।
७) हाम्रो वडा पर्यटन संग जोडिएको हुदा पर्यटनलाइ स्थानीय बासिन्दाको जीवनचर्या संग जोड्न सकिने कार्यक्रम लिएर आउने छौं ।
८) कृषि को हकमा समयमा मल र बिउको व्यवस्थापन वडाले गर्ने छ । सिचाईको प्रबन्धको लागि पूर्वाधार तयार गर्ने छौ ।
९) नयाँ रोजगारीको खोजी गरि वडावासीलाई रोजगारी दिने छौ ।
१०) प्रत्येक तीन महिनामा टोलटोलमा घुम्ती मिटिङ गरि टोलको समस्या पहिचान गर्ने छौ ।
११) वडासंग जोडिएका सबै सरकारी कार्यालयमा गुनासो टिका राख्ने छौ ।