नेकपा एमालेले रत्ननगरको १६ वटै वडाको वडाध्यक्षको उम्मेदवार टुंग्याएको छ । हिजो पालीका प्रमुखको उम्मेदवारी टुंग्याएको एमालेले आज वडाध्यक्षको उम्मेदवार टुंगो लगाएको हो । गएराती अवेरसम्म बसेको वैठकले अधिकांश वडाको टुङ्गो लगाएपनी बाँकी रहेको वडाको आज टुंगो लगाइएको नगरी उप सचिव सागर मिश्रले जानकारी दिए । आज सोमबार पाँच बजेसम्म उमेदवारी दिने समय रहेकोले अबको केही वेरमा सम्पूर्ण उम्मेदवारको मनोनयन दर्ता गर्ने नगर अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।
-
हेर्नुहोस १६ वटै वडाध्यक्ष को नामावली